welcome to the website of

Vinaya Kasajoo

video

Life Timeline

Vinaya Kasajoo Ka Laghukatha :
Sirjana Ra Bibechana

Editor: Dr. Pushkarraj Bhatta

Publisher : Bal Bangmaya Tatha Anusandhan Kendra

Published: 2077 BS / 2020 AD

To order this book call Abhinav Kasajoo at 9851052708.

Editor : Pramod Pradhan

Published in 2019

Editor : Pramod Pradhan

Published in 2020

Written by: Bijayraj Aacharya

Published in 2020

POSTS

In the Media

विनयशील जीवनको अन्त्य

विनय कसजूसँग मेरो उठबस बाक्लो थिएन । हामी सहकर्मी थिएनौँ तथापि उनको व्यक्तित्वमा निहित विनयशीलताले मलाई सदैव आकर्षित गरिरह्यो । प्रत्येक पटक कसजूलाई भेट्दा उनको विनयशीलताले ममा प्रगाढ छाप पारिरह्यो । उनको कर्ममा निहित जुझारु प्रयोगवादप्रति म उत्सुक रहिरहे । कसजूको जीवन्त विनयशीलता र जुझारु प्रयोगवादबाट नेपाली समाजले धेरै सिक्नेछ ।

Vinaya Kasajoo: A Believer in Media Power

Born in Tansen, Palpa on 18 July 1947, Vinaya Kumar Kasajoo was a dynamic person interested in many subjects and fields. He was a journalist, media trainer, technology enthusiast, development communicator, advocate of rights to information, blogger, writer of children literature and collector.

रहेनन् यथार्थका अन्वेषक

विनय कसजू, उहाँको परिचयको क्षितिज फराकिलो छ। बालसाहित्य, कथासाहित्य, साहित्यिक पत्रकारिता, ग्रामीण पत्रकारिता, सूचना क्रान्तिका अगुवा । आफ्नो रुचि र क्षेत्रका विषयलाई गहिराइसम्मै चुमेर त्यसका अन्तरवस्तु पक्रिँदै जनमानससामु फिजाउन सदैव प्रयत्न गर्नुभयो जीवनपर्यन्त

उस्तै धीर उस्तै विनयी

आर्यघाटबाट फर्किएको छु यतिखेर । सोच्दै छु– कहाँ पुग्नुभयो होला विनय सर ? के–के भेट्नुभयो होला कथाको प्लट र कसरी बनाउँदै हुनुहोला स्टोरी लाइन, कनफ्ल्क्टि र क्लाइमेक्स ! तर, अब कहिल्यै सुनाउनुहुनेछैन उहाँले आफूले भेटेका पृथक् पात्र, परिवेश, प्लट, द्वन्द्व र उत्कर्षहरू ।

विनय सरका दुई सपना !

एउटा यस्तो वेवसाइट बनाउन चाहन्छु, जसमा अहिलेसम्म निस्किएका बालसाहित्यका सबै कृतिका परिचय होस् । लेखक, प्रकाशक वा कृतिको नाम लेखिसक्दा सम्पूर्ण जानकारी पाइने गरी डिजिटल संग्रह बनाउने इच्छा रहेको उनको भनाइ थियो । त्यसका लागि सन्दर्भ सामग्री जुटाउने क्रममा रहेछन्, उनी ।

विनय दाइलाई फर्केर हेर्दा

कसजूले निरङकुश पञ्चायती व्यवस्थाको विरुद्ध पत्रकारिता गर्दा जेल पर्नुभयो । २०४० देखि २०५० सम्म प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकको रुपमा कसजूले साँचो कुरा स्तम्भअन्तर्गत लेखेका सम्पादकीय अहिले पनि धेरैको मष्तिष्कमा ताजै रहेको छ । छोटा र सरल शव्द तथा बाक्यमा लेख्ने कसजू विकास पत्रकारिताका अगुवा हुनुहुन्थ्यो । विसं २०५० पुसबाट प्रकाशन शुरु गरिएको गाउँले देउराली साप्ताहिक दक्षिण एशियाकै पहिलो गाउँले पत्रिका हो ।

विनयी सूचनाप्रेमी

पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु ।

अलविदा विनय दाइ !

सामाजिक सञ्जालको भीडमा मानवता हराएको छ । मानिसलाई सामाजिक सञ्जालले सूचना त अपडेट गरेको छ । तर, साथसाथै संवेदनाहीन पनि बनाएको छ । सामाजिक सञ्जालका कारण विस्तारै हामी संस्कृतिविहीन पनि बन्दै गएका छौँ ।

किसानका पत्रकार

औपचारिक कार्यक्रममा उहालाई पटक्कै हिँडेको देखिँदैनथ्यो । कहिलेकाहीँ साथीहरूसँग विभिन्न गाउँमा पुग्नुहुन्थ्यो । सूचना शक्ति हो भन्ने कुरा नागरिकलाई बुझाउनुपर्छ भनेर उहाँले जोड दिनुभयो । उहाँले सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्तको रूपमा काम गरेर यसलाई कार्यान्वयन गर्न जोड दनुभयोे ।

मलाई नै भेट्न बौरिएजस्तै, बिर्सन सक्दिनँ ‘विनय सर’

उहाँले कथाहरु सम्पादन गर्दा कहिल्यै यो भएन भन्नुभएन। खुरुखुरु आफैं सम्पादन गर्नुहुन्थ्यो अनि हामीलाई पठाउनुहुन्थ्यो – कस्तो भयो प्रतिक्रिया पाउँ भन्दै। उहाँको क्लिनिकमा पुगेको कथा सलल बगेर, बान्की परेर र मिठास भरेर आइपुग्थ्यो। अनि कमेन्ट गर्ने ठाउँ नै हुन्नथ्यो।

जीवनमा जो थाकेनन्

बरिष्ठ पत्रकार तथा प्रसिद्ध बाल साहित्यकार विनय कसजुको हृदय गति बन्द भई मंसिर १० गते काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको जन्म २००४ सालमा पाल्पा तानसेनमा भएको हो । निधन ७२ वर्षको उमेरमा भएको छ । उनको निधनबाट नेपाली प्रेस र साहित्य जगत्ले पत्रकारिताको...

बरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजु प्रति श्रद्धाञ्जली !!!

कसजुले लेखन मात्रै रोजेनन् । मानिसको दिल र दिमाग उथलपुथल पारिदिदै चेतना निर्माण गर्ने लेखनलाई रोजे । आफुले मात्रै साहित्यको बाटो र पाटो रोजेनन् । आफुसँग सयौं अरू कलम चल्ने र लेखनमा जाँगर हुनेहरूलाई साहित्यिक यात्रामा डोर्याउन सफल रहे । लेखनकै क्रममा पछिल्लो अवधिमा बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना गरे ।

social media

Social Speak

Narayan Wagle

विनय गुरुवाचार्य र विनय कसजु, दुई पाका पत्रकार एकै साता बितेका खबरले दु:खी बनायो।अघिल्लाले एसोसियट प्रेसका लागि नेपालबाट लामो समय खबर विदेश पुर्याए, पछिल्लाले देशभित्र गाउँघरका कुरा, बालबालिकाका सरल सामग्री र अनलाइन साक्षरता बढाए।हामी सम्झिरहनेछौँ दुबै दाइलाई।

Saroj Dhital

विनय जी,
तपाईले सिकाएका सबै कुरा सिक्नुपर्नेले सिक्न सकुन्, बालबालिका, किशोरकिशोरी, समाज, र मानव जातिकै बारेमा तपाईका चिन्ता सबैले बुझ्न सकुन् ¡ तपाईले लगाएका गुन कदापि खेर जाने छैनन्। तपाई जस्तै सफा सौम्य अरू पनि बन्न सकुन् ¡
हार्दिक श्रद्धाञ्जली ¡
🙏
❤️
💐

Narendra Jung Peter

समाजमा संवेदनाहीनता छाइरहेकाबेला,सिद्दान्तहीनता राजनीतिमा रजाइ गरिरहेको वेला एउटा सरल तरिकाले सत्य बोल्न सक्ने,असमतिलाइ सहज ब्यक्त गर्न सक्ने तिम्रो कृतिशेषलाइ कसरी सम्झने हो ? ।विनय कसजु अर्थात तिमी मेरा पत्रकारिताका एक गुरू हाै र साथी पनि । हे अशल र ज्यादै राम्रो अर्थात अाँखामा राख्दा पनि हरेकलाइ नबिझाउने मान्छेलाइ म अलविदा मात्र भन्न सक्छु ।

Jyoti Lal Ban

पंचायतकालको कठिन समयदेखि नै उहाँसँग म परिचित रहदै आएँ । मैले उहाँलाई पत्रकारभन्दा बढी एक कुशल बाल साहित्यकार, एक इमान्दार र निष्ठावान प्रगतिशील अभियन्ता, सरल, शिष्ट, अल्प तर मृदुभाषी र अत्यन्त विनम्र व्यक्तित्वको रुपमा चिनेको थिए ।

BhanuBhakta Acharya

उहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँ नेपालमा विकास पत्रकारिताको अभियन्ता हुनुहुन्थ्यो, जसले पाल्पामा गाउँलेका लागि “गाउँले देउराली” अखबार सञ्चलान गर्नुभएको थियो । भित्तेपत्रिका प्रकाशन गरेर गाउँमा जागरण ल्याउने श्रेय पनि उहाँलाई जान्छ । सूचना आयोगको प्रथम अध्यक्ष हुँदा उहाँको प्रयासले विद्यार्थीलाई उत्तर पुस्तिका हेर्न दिनु पर्ने फैसला सर्वोच्च अदालतले गरेको थियो । उहाँका साहित्य, खासगरी बाल साहित्यसम्बन्धी चार दर्जन कृति प्रकाशित छन् । वि.सं. २०६३ को उच्चस्तरीय मिडिया सूझाव आयोगमा उहाँ सदस्य हुनुहुन्थ्यो । वाक् स्वतन्त्रता र मानवअधिकार, सूचना प्रविधि, योजना आयोग, पत्रकारको क्षमता विकास, सूचना प्रविधिको राष्ट्रिय रणनीति निर्माण लगायतका विविध क्षेत्रमा उहाँको गहन योगदान थियो । उहाँ मृदुभाषी, सादा जीवन र उच्च विचारका प्रेरणास्रोत हुनुहुन्थ्यो । पत्रकारितामा पेसागत निष्ठामा उहाँले कहिल्यै सम्झौता गर्नु भएन । हामीलाई पनि सधैं उहाँको प्रेरणाप्राप्त भइरहोस् । विनय सरले छाडेर जानुभए पनि उहाँको https://www.kasajoo.com/ यो वेबसाइटमा उहाँको व्यक्तित्व, कृतित्व र आदर्शहरु समेटिएका छन् । ढिलै भए पनि यसलाई हेरौं, उहाँलाई चिन्ने प्रयास गरौं ।मैले पत्रकारिताका कतिपय सवालमा बेलाबेला सोध्ने भर्चुअल गुरु गुमाएको छु ।

Babu Ram Aryal

The days when the National Information Commission was formed, he, along with his commissioners Sabita Bhandari Baral and Shree Acharya, was very committed for putting the better system even though there was not much support. There was zero infrastructure, non cooperative psychology of the states, he was still committed. Slowly, the system grew up. Current NIC commissioners got a better structure, legacy and environment. Credit goes to him. I (We) feel very proud to assist his team, informally during those days. He had a full trust on us and we spent lots of time with him and the team had contributed unofficially.

Som Nath Aryal

सच्चादेशभक्त, जनपक्षियबिचारक, बरिष्ट लेखक, कथाकार, साहित्यकार पत्रकार , स्तम्भकार, भौतिक बिज्ञान का पक्षधर, सामुदायिक सन्चारका अभियन्ता.. अादरणिय बिनय कुमार कसजुको अाज RDP , गाउलेदेउरालि साप्ताहिक परिवार ले श्रद्धाञ्जली सभाकोअायोजना गर्यो..!!गुणवान् सत्पुरुष बिनय सर प्रति हार्दिक श्र्द्दासुमन अर्पण गर्दछौं…!!

Mahesh Acharya

दाइ! सिक्नुपर्ने धेरै थियो हजुरबाट……।

बरिष्ठ पत्रकार, पूर्वप्रमुख सूचना आयुक्त तथा वाल साहित्यका मूर्धन्य व्यक्तित्व विनयकुमार कसजूप्रति हार्दिक श्रद्धान्जली । ।
वहाँका अतुलनीय योगदानहरु मध्ये केही :

१. उत्कृष्ठ बालकथाकार
२. नेपाली बालसाहित्यकाे अनुवादक
३. बालसाहित्य, विज्ञान र सूचना प्रविधिकाे क्षेत्रमा अमुल्य योगदान ।
४. नेपालमा बालसाहित्य लेखन प्रशिक्षण परम्पराकाे विकमसमा नेतृत्वदायी भूमिका
४. युवा पुस्तालाई सधैँ प्राेत्साहित गरिरहने स्वभाव

Manoj Gajurel

नेपाली बाल साहित्यका मुर्धन्य व्यक्तित्व, लेखक, सम्पादक, उत्प्रेरक आदरणीय Vinaya Kasajoo सरले आज शरीर छोड्नु भयो 😭 तपाईंको सकारात्मक उर्जालाई सधैं सम्झि रहने छौँ सर ! हार्दिक श्रद्धा सुमन 🌺

Bhagwan Bhandari

नेपालकै पहिलो अभ्यास बिकास जोडिएको ग्रामीण पत्रकारिता । बहुदलीय ब्यवस्था आगमन पछि “सत्य ” मार्फत गरिएको लोकतन्त्रको मिसन छाडी” गाउँले देउराली “मार्फत अहिले भनिने गरिएको समृद्धिको जग बसाल्न बिकास \ ग्रामीण पत्रकारिताको मिसन देशब्यापी बनाउन शुरु गरिएको गाउँले पत्रकारिता तालिमको दोश्रो समुह हामी बिनय कसजू मेघराज शर्मा लगायत ।२०५१ माघ महेन्द्रबोधी तानसेन। (हाम्रो यो समुह्का आधी जसो त पत्रकारितामै क्रियासिल छौ।सवैको तर्फबाट बिनय सर लाई हार्दिक श्रद्धाञ्जली ।सलाम छ बिनय सर हाम्ले त सम्झिरहने छौ।देशले पनि सूचनाको हकको महान अभियन्ता रास्टृय सूचना आयोगको पहिलो \ सस्थापक प्रमुख सूचना आयुक्तको रूपमा युगौ युग सम्म सम्झिरहने छ सर। नाम काम र सिर्जना उपहार राखेर\ छाडेर बिदा हुनुभएको छ।सलाम सर

Bhagwan Bhandari

आर्थिक हिसाबले सम्पन्न परिवारमा जन्मेर सदा कुना काप्चाका दबाइएका निमुखा गरीब दुखी कृषक उद्द्यमीको पछ्यमा र सूचनाको हक प्रेस स्वतन्त्रता मानवअधिकार सहितको वास्तविक लोकतन्त्रका निम्ति जेल्नेल अनेकौं दुख्कश्ट बेहोर्दै लेखनीकै साधना र ध्यान मार्फत नेपाली समाजमा पत्रकारिता र साहित्य छेत्रमा पृथक पहिचान र स्थान राख्न सफल आदरणीय गुरु बिनय कुमार कसजू प्रती सलाम।उहाँको बहु आयामिक योगदानको चर्चा र कृतिको अध्ययन अध्यापन समिक्षा मार्फत नयाँ पिढीमा उहाँको जीवनी सघर्श जीवन पद्धति र प्रेरणादायी अभिव्यक्तिको सूचनाको हकको संचार गर्ने दायित्व हामी अनुयायी ब्याख्याता र प्रशसक काधमा ।ग्रामीण पत्रकारिता सूचनाको हक र बिबिध साहित्यिक कृतिका कारण बिनय सर नेपाली समाजमा सदा जीवितै रहनु हुनेछ ।भौतिक शरीर छाडेको आज ११ दिनमा फेरि पनि सम्झना । राज्य परिवार र समाजले उहाँको नाममा चीर स्थायी हुने थप केहि काम गरौ।अपेक्षा र प्रतिबद्धता पनि

Rajesh Kumar Aryal

विनयकुमार कसजूसंग धेरैले संगत, सहप्रशिक्षण र सहयात्रा गर्नुभएको छ, प्रशस्त अनुभव र संस्मरणहरू रहेका छन् । मसंग अहिले यति संझनामा छ, ‘म परम्पराका नाममा अन्धविश्वासभन्दा जीवनका विश्वासहरूमा रमाउन मन पराउछु ।’ स्व. कसजूको चाहना वमोजिम परिवार, छोराहरू र मेडम काजक्रिया गर्नुभएको छैन, ‘ज्ञानी मान्छे’ को कुरा शिरोपर गर्नुभएको छ ।

विनय कसजुप्रति हार्दिक श्रद्धाञ्जली !

Shameera Shrestha

नेपाली बालसाहित्य, पत्रकारिता र सूचना अधिकारका अग्रणी व्यक्तित्व, सरल र शालीन स्रष्टा स्व. विनय कसजु प्रति हार्दिक श्रद्धाञ्जली ! उहाँको नेपाली बालसाहित्यप्रतिको योगदान र लेट्स रीडलाई निरन्तर सहयोग र प्रोत्साहन हामी सधैं सम्झिने छौं

भावपूर्ण श्रद्धाञ्जली 😭

नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा

नेपाली साहित्य, बालसाहित्य र पत्रकारिताका प्रखर व्यक्तित्व एवम् राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त विनय कसजूको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा आयोजना भयो ।

मिति ः मंसिर २२, २०७६

आयोजक ः नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सूचना आयोग, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र नेपाल बालसाहित्य समाज ।

समबेदना पत्र

OTHER DETAILS

COMING SOON

Follow