नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा
नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा
नेपाली साहित्य, बालसाहित्य र पत्रकारिताका प्रखर व्यक्तित्व एवम् राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त विनय कसजूको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा आयोजना भयो ।
मिति ः मंसिर २२, २०७६
आयोजक ः नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सूचना आयोग, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र नेपाल बालसाहित्य समाज ।
उक्त कार्यक्रममा श्रध्दान्जली मन्तब्य दिनुहुनेहरुमा राष्ट्रिय सूचना आयोगका प्रमूख आयूक्त श्री कृष्ण हरि बास्कोटा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गा प्रसाद उप्रेती, बालवाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्री प्रमोद श्रेष्ठ र नेपाल बाल साहित्य समाजका महासचिव श्री ध्रुव घिमिरे हुनुहुन्थ्यो ।
विनय कुमार कसजूकी श्रीमती गङ्गा कसजूले श्रीमानसंगको आफ्नो स्मरण सनुाउदै श्रध्दान्जली मन्तब्य राख्नु भयो ।
जेठो छोरा अभिनव कसजूले उहाँको जीवनको महत्वपुर्ण घटनाक्रमको भिडीयो प्रस्तुत गर्नु भयो ।
पाल्पाका पत्रकार तथा गाउँले देउराली पत्रिकाका निवर्तमान सम्पादक श्री गोविन्द भट्टराई पाल्पाका संस्थाहरुले प्रकाशन गरेको समबेदना र श्रध्दान्जली मन्तब्य पढेर सुनाउनुको साथै आफ्नो तर्फबाट पनि श्रध्दान्जली व्यक्त गर्नुभयो । श्रध्दान्जली मन्तब्य पठाउने संथाहरुमा नेपाल पत्रकार महाँसंघ पाल्पा शाखा, तानसेन नगरपालिका र सामुदायिक रेडियो मदनपोखरा थिए
कार्यक्रमको उद्घोषण बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले गर्नुभएको थियो ।
श्रध्दान्जली सभामा साहित्यकार, पत्रकार, मानव अधिकारकर्मी ,समाजसेवी,साथी र आफन्तहरुको उपस्थिति थियो ।