NEWS & MEDIA
विनयशील जीवनको अन्त्य
विनय कसजूसँग मेरो उठबस बाक्लो थिएन । हामी सहकर्मी थिएनौँ तथापि उनको व्यक्तित्वमा निहित विनयशीलताले मलाई सदैव आकर्षित गरिरह्यो । प्रत्येक पटक कसजूलाई भेट्दा उनको विनयशीलताले ममा प्रगाढ छाप पारिरह्यो । उनको कर्ममा निहित जुझारु प्रयोगवादप्रति म उत्सुक रहिरहे । कसजूको जीवन्त विनयशीलता र जुझारु प्रयोगवादबाट नेपाली समाजले धेरै सिक्नेछ ।
Vinaya Kasajoo: A Believer in Media Power
Born in Tansen, Palpa on 18 July 1947, Vinaya Kumar Kasajoo was a dynamic person interested in many subjects and fields. He was a journalist, media trainer, technology enthusiast, development communicator, advocate of rights to information, blogger, writer of children literature and collector.
रहेनन् यथार्थका अन्वेषक
विनय कसजू, उहाँको परिचयको क्षितिज फराकिलो छ। बालसाहित्य, कथासाहित्य, साहित्यिक पत्रकारिता, ग्रामीण पत्रकारिता, सूचना क्रान्तिका अगुवा । आफ्नो रुचि र क्षेत्रका विषयलाई गहिराइसम्मै चुमेर त्यसका अन्तरवस्तु पक्रिँदै जनमानससामु फिजाउन सदैव प्रयत्न गर्नुभयो जीवनपर्यन्त
उस्तै धीर उस्तै विनयी
आर्यघाटबाट फर्किएको छु यतिखेर । सोच्दै छु– कहाँ पुग्नुभयो होला विनय सर ? के–के भेट्नुभयो होला कथाको प्लट र कसरी बनाउँदै हुनुहोला स्टोरी लाइन, कनफ्ल्क्टि र क्लाइमेक्स ! तर, अब कहिल्यै सुनाउनुहुनेछैन उहाँले आफूले भेटेका पृथक् पात्र, परिवेश, प्लट, द्वन्द्व र उत्कर्षहरू ।
विनय सरका दुई सपना !
एउटा यस्तो वेवसाइट बनाउन चाहन्छु, जसमा अहिलेसम्म निस्किएका बालसाहित्यका सबै कृतिका परिचय होस् । लेखक, प्रकाशक वा कृतिको नाम लेखिसक्दा सम्पूर्ण जानकारी पाइने गरी डिजिटल संग्रह बनाउने इच्छा रहेको उनको भनाइ थियो । त्यसका लागि सन्दर्भ सामग्री जुटाउने क्रममा रहेछन्, उनी ।
विनय दाइलाई फर्केर हेर्दा
कसजूले निरङकुश पञ्चायती व्यवस्थाको विरुद्ध पत्रकारिता गर्दा जेल पर्नुभयो । २०४० देखि २०५० सम्म प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकको रुपमा कसजूले साँचो कुरा स्तम्भअन्तर्गत लेखेका सम्पादकीय अहिले पनि धेरैको मष्तिष्कमा ताजै रहेको छ । छोटा र सरल शव्द तथा बाक्यमा लेख्ने कसजू विकास पत्रकारिताका अगुवा हुनुहुन्थ्यो । विसं २०५० पुसबाट प्रकाशन शुरु गरिएको गाउँले देउराली साप्ताहिक दक्षिण एशियाकै पहिलो गाउँले पत्रिका हो ।
विनयी सूचनाप्रेमी
पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु ।
अलविदा विनय दाइ !
सामाजिक सञ्जालको भीडमा मानवता हराएको छ । मानिसलाई सामाजिक सञ्जालले सूचना त अपडेट गरेको छ । तर, साथसाथै संवेदनाहीन पनि बनाएको छ । सामाजिक सञ्जालका कारण विस्तारै हामी संस्कृतिविहीन पनि बन्दै गएका छौँ ।
किसानका पत्रकार
औपचारिक कार्यक्रममा उहालाई पटक्कै हिँडेको देखिँदैनथ्यो । कहिलेकाहीँ साथीहरूसँग विभिन्न गाउँमा पुग्नुहुन्थ्यो । सूचना शक्ति हो भन्ने कुरा नागरिकलाई बुझाउनुपर्छ भनेर उहाँले जोड दिनुभयो । उहाँले सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्तको रूपमा काम गरेर यसलाई कार्यान्वयन गर्न जोड दनुभयोे ।
मलाई नै भेट्न बौरिएजस्तै, बिर्सन सक्दिनँ ‘विनय सर’
उहाँले कथाहरु सम्पादन गर्दा कहिल्यै यो भएन भन्नुभएन। खुरुखुरु आफैं सम्पादन गर्नुहुन्थ्यो अनि हामीलाई पठाउनुहुन्थ्यो – कस्तो भयो प्रतिक्रिया पाउँ भन्दै। उहाँको क्लिनिकमा पुगेको कथा सलल बगेर, बान्की परेर र मिठास भरेर आइपुग्थ्यो। अनि कमेन्ट गर्ने ठाउँ नै हुन्नथ्यो।
जीवनमा जो थाकेनन्
बरिष्ठ पत्रकार तथा प्रसिद्ध बाल साहित्यकार विनय कसजुको हृदय गति बन्द भई मंसिर १० गते काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको जन्म २००४ सालमा पाल्पा तानसेनमा भएको हो । निधन ७२ वर्षको उमेरमा भएको छ । उनको निधनबाट नेपाली प्रेस र साहित्य जगत्ले पत्रकारिताको प्रज्ञा र प्रविधि दुबै क्षेत्रमा एउटा विशिष्ट प्रविधिको पत्रकार र एउटा विशिष्ट कथा...
बरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजु प्रति श्रद्धाञ्जली !!!
कसजुले लेखन मात्रै रोजेनन् । मानिसको दिल र दिमाग उथलपुथल पारिदिदै चेतना निर्माण गर्ने लेखनलाई रोजे । आफुले मात्रै साहित्यको बाटो र पाटो रोजेनन् । आफुसँग सयौं अरू कलम चल्ने र लेखनमा जाँगर हुनेहरूलाई साहित्यिक यात्रामा डोर्याउन सफल रहे । लेखनकै क्रममा पछिल्लो अवधिमा बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना गरे ।